लोकतन्त्र र राष्ट्रियताको पक्षमा सबै दल एकजुट हुनुपर्छ : नेता कोइराला

राष्ट्रिय समाचार समिति

विराटनगर, ६ साउन :नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताको पक्षमा सबै दल एकजुट हुनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

विपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले मुलुुकको राष्ट्रियता अहिले सङ्कटमा परेकाले राष्ट्रियता, लोकतन्त्र तथा राजनीतिक स्थायित्वका लागि विपी कोइरालाको विचार आज पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

नेता कोइरालाले दलहरुका राजनीतिक आस्था र विचार फरकफरक भए पनि राष्ट्रियताको पक्षमा भने सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।  पुस्तकालयका अध्यक्ष दीपक चापागाईंले विपी कोइरालाले देखाएको बाटोमा काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया