लकडाउनमा अ’निच्छि’त ग’र्भधा’रण गर्नेको संख्या बढ्यो

admin

काठमाडौं, ७ साउन : ठूला अस्पतालले सेवा नदिंदा असु’रक्षित ग’र्भप’तन तथा अ’निच्छित ग’र्भधा’रण गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणका बेलामा सरकारले जारी गरेको निर्देशिका कागजमै सिमित हुँदा यस्तो समस्या निम्तिएको हो ।

नेपाल परिवार नियोजन संघका एक्टिङ पोग्राम डाइरेक्टर परमिज थापा लकडाउनका समयमा सरकारी निकायले सेवा दिनै नसकेको बताउनुहुन्छ । उहाँले सार्वजनिक सवारीसाधन नचल्दा परिवार नियोजनको क्लिनिकसम्म जति पुग्न सके त्यो पनि निकै कठिनाइसँग आएको बताउनुभयो ।

कोभिड–१९ लकडाउन गरेसँगै काम गर्ने भनेर सरकारले आरएनएन एसीएच गाइड लाइन निकाल्यो । त्यसमा होमबेस मेडिकल एबोर्सन, टेलिमेडिसिन नीतिमा ल्याएको छ ।

अहिले लकडाउन खुकुलो भएपछि सेवागांहीको संख्या बढेको उहाँको भनाइ छ । ३ महिना सेवा असहज हुँदा समस्या थपिएको छ । सुरुका दिनमा सेवा लिन चाहनेलाई सार्वजनिक सवारीसाधन नचल्नु र कोरोना लागेपछि भन्ने डरले पनि सेवा केन्द्रसम्म पुग्न सकेनन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया