अहिलेसम्मकै उच्च सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, ७ साउन : बुधबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । एकैदिन सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो ।

यसअघि असार ३१ गते तोलाको ९२ हजार ८ सय रुपैयाँमा किनबेच भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।

चीनबाट फैलिएको कोरोना भाइरसले विश्व बजार आतंकित हुन गइ शेयर बजारमा गिरावट आउनुलाई सुनको मूल्यले रेकर्ड कायम गर्नुको प्रमुख कारण मानिएको छ ।

यस्तै कोरोना प्रभावले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी आएपछि सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित भएपछि सुनको मूल्य आकाशिएको हो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा पर्न गई मूल्यले करिब हप्ता दिनको फरकमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको विश्लेषकहरुको अनुमान छ ।

प्रतिक्रिया