आमाबाबुको ह’त्या गर्ने तालिवानसँग एक किशोरीले लिइन् बदला

अस्मिता बेल्बासे

एजेन्सी, ७ साउन : एक किशोरीले आफ्नो आमाबाबुको ह’त्यारासँग बदला लिएकी छिन् । अफगानिस्तानको गोर प्रान्तको ग्रीवा गाउँमा गएको जुलाई १७ तारिखमा यो घ’टना भएको हो ।

वि’द्रोही समूह तालिवान ल’डाकुसँग किशोरीले बदला लिएको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको बहादुरीलाई लिएर प्रशंसा भएको छ ।

किशोरीले आमाबाबुको ह’त्यारा दुई तालिवान ल’डाकुको गएको हप्ता ह’त्या गरेकी बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीका अनुसार किशोरीले आफ्नो घरमा भएको एके-४७ रा’इफलमार्फत गो’ली प्र’हार गरेकी थिइन् ।

गो’ली लागेर दुई ल’डाकुको ज्यान गएको थियो भने केही घाइते भएका थिए । किशोरीको उमेर १४ देखि १६ वर्षको हुन सक्ने अनुमान गरिएको छ । किशोरीका बुवा सरकार समर्थक र गाउँका मुखिया थिए ।

जसका कारण तालिवान ल’डाकुले किशोरीको घरमा आ’क्रमण गरेका थिए । प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीका अनुसार तालिवान ल’डाकुले किशोरीका बुबालाई तान्दै बाहिर ल्याएको र आमाले विरोध गर्दा दुवै जनाको ह’त्या गरेका थिए ।

त्यसपछि घरभित्र रहेकी किशोरीले एके-४७ ब’न्दुक ल्याएर वि’द्रोहीमाथि गो’ली प्र’हार गरेकी थिइन् । तालिवानले किशोरीमाथि आ’क्रमण गर्ने प्रयास गरे पनि त्यो विफल भएको खबरमा उल्लेख छ । सुरक्षाकर्मीले किशोरी र उनका भाइलाई सुरक्षित ठाउँमा लगेका छन् ।

प्रतिक्रिया