एकै पोखरीमा डुबेर तीन बालकको ज्या’न गयाे

राष्ट्रिय समाचार समिति

झापा : भद्रपुर नगरपालिका २ काे कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको ज्या’न गएपछि गाउँ नै शोकमा डु’बेको छ । पाेखरीमा डु’बेर ज्या’न गुमाउनेमा भद्रपुर २ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, त्यही ठाउँका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्र’हरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

फाइल फोटो

बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अङ्कुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डु’बेर मृ’तावस्थामा फेला परेका थिए ।

उनीसँगै बे’पत्ता भएका करण र अर्जुनको खोजी गर्ने क्रममा बुधबार त्यही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको श’व निकालिएको प्रवक्ता थापाले बताउनुभयो । त्याे पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालक सँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पोखरीमा डु’बेर एकै गाउँका तीन बालकले ज्या’न गएपछि त्याे क्षेत्र त’नावग्र’स्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापर्वाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आ’क्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।

निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घ’टना भएको मृ’तक बालक अङ्कुशका काका आशिष तामाङले बताउनुभयो । ‘भतिजसहित अन्य दुई बालकको मृ’त्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरम लापर्वाहीको कारण भएको हो’, उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ।’

तीन बालकको मृ’त्युले वडावासी नै शोकमा डु’बेको स्थानीय फागु सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीको लापर्वाहीले नै गाउँमा यस्तो ठूलो घ’टना भयो, यसका लागि हामी कानुनी उपचारमा जान्छौँ ।’

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो । निर्माण कम्पनी आरएण्डसी नयाँ युग जेभीले चार करोड ३८ लाख तीन हजार पाँच सय ७९ रुपैयाँमा २०७८ असारसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

प्रतिक्रिया