भाइले दाजुको ह’त्यापछि गा’डेको अवस्थामा श’व फेला

admin

दाङ, साउन ८ : रुकुम पश्चिममा टा’उको छु’ट्टिएको, गा’डेको अवस्थामा एक व्यक्तिको श’व फेला परेको छ। जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्ताल निवासी ४५ वर्षीय हरिबहादुर मल्लको श’व बिहीबार बिहान घर नजिकै मकै बारीमा गाडेको अवस्थामा प्र’हरीले फेला पारेको हो।

जिल्ला प्र’हरी प्रवक्ता, प्र’हरी निरीक्षक कविराम रोकायाकाअनुसार मृ’तकका भाइ ३५ वर्षीय भुपेन्द्र मल्ललाई जाजरकोटबाट प’क्राउ गरिएको छ।

इलाका प्र’हरी कार्यालय चौरजहारीका प्रमुख प्र’हरी निरीक्षक धर्मसिंह विष्टका अनुसार भुपेन्द्रले प्र’हरी समक्ष हत्या आफैंले गरेको स्वीकारेका छन्। हरिबहादुर सुतेको समयमा उनका भाइ भुपेन्द्रले ग्रासी (माछामासु काट्न प्रयोग गरिने हतियार) घाँ’टी छि’नाली ह’त्या गरेको प्र’हरी समक्ष बयान दिएको बिष्टले बताए।


प्र’हरीले अभियुक्त भूपेन्द्रलाई बुधबार राति जाजरकोट जिल्लास्थित आफन्त नाता पर्ने दिदीको घरबाट प’क्राउ गरेर ल्याएको विष्टले जानकारी दिए। हरिबहादुरको ४ दिन अगाडि ह’त्या भएको देखिन आएको प्र’हरीले बताएको छ। दाजुको ह’त्या पछि घटना लुकाउने उद्देश्यले भुपेन्द्रले आफैले घर नजिकै मकै बारीमा खाडल खनेर गाडेको बिष्टले जानकारी दिए।

घरमा दाजुभाइ मात्रै बस्थे
घरमा दाजुभाइ मात्रै बस्दै आएका थिए। उनीहरुकी एक ७० वर्षीया आमा छोरीको घरमा बस्दै आएकी छन्। उनी छोरीको घरमा बस्नुको मुख्य कारण कान्छो छोरा भुपेन्द्रकै त्रासले गर्दा खुल्न आएको प्र’हरीले बताएको छ।

अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक बिष्टका अनुसार हरिबहादुर र उनकी पत्नीबीचको सम्बन्ध बिग्रिएका कारण १५÷१६ वर्ष अगाडिदेखि उनी सल्यानस्थित माइतीमा छोरीसहित बस्दै आएकी छन्। भुपेन्द्रको भने बिहे भएको छैन।

प्र’हरीका अनुसार हरिबहादुरमा मानसिक समस्या रहेपनि उनले कसैको कुनैपनि विगार गरेका थिएनन्। उनी आमाकहाँ गएर साँझ विहान खाना खान्थे र सुत्न आफ्नै घरमा आउँथे। भाइ भुपेन्द्र भने घरमा आफै एक्लै खाना बनाएर खान्थे। भुपेन्द्रमा पनि मानसिक समस्या रहेको गाउँलेहरुले भन्ने गरे पनि अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

यसरी पत्ता लाग्यो घ’टना
हरिबहादुर साउन ५ गतेपछि आमाकहाँ खाना खान गएनन्। वृद्ध आमाको मनमा चिसो पस्यो। छोरा खान किन आएन, भनेर उनले छोरी र आफन्तलाई चिन्ता जाहेर गरिन्। सोधीखोजी थालिन्। हरिबहादुरको घरमा एउटा ड्रम थियो, त्यसकाे आवश्यकतापछि केही स्थानीय सो ड्रम लिन बुधबार बेलुका ४ बजेतिर हरिबहादुरको घर पुगे।

त्यो क्षेत्रमा गन्ध आएको र हरिबहादुरको एउटा हात खाडल बाहिरै देखिएको स्थानीयले बताए। प्र’हरी निरीक्षक बिष्टका अनुसार त्यो हात कुकुरले तानेको थियो।


त्यसपछि स्थानीयले प्र’हरीलाई खबर गरे। प्र’हरी पुग्यो, रातभर पहरा दिएर श’वलाई बिहीबार बिहान मात्र निकालेको बिष्टले बताए। श’व पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्र’हरीले बताएको छ। दाजुको ह’त्या अभियुक्त भाइ भुपेन्द्रलाई नियन्त्रणमा लिई जिल्ला प्र’हरी कार्यालयमा पठाइएको बिष्टले जानकारी दिए।

प्रतिक्रिया