आज पनि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १३ साउन : सुनचाँदीको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड बनाएको छ । कोरोना संक्रमणका कारण लगातार उकालो लागेको सुनको मूल्य मंगलबार तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रति औंस १३ डलरले बढेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंबार १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको पनि उनले जानकारी दिए ।

अहिलेको अवस्था हेर्दा सुनको मूल्य तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यको भनाइ छ । यसैगरी मंगलबार तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ, भने चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया