उपत्यकामा ४८ सहित ३११ जनामा संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या ४९ पुग्यो

admin

काठमाडौं, १३ साउन : मंगलबार उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

कोरोना संक्रमणको कारण थप एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । अहिले पाँच हजार एक सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

उनीहरुको देशका विभिन्न आइसोलेसनमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म तीन लाख ५२ हजार तीन सय सात जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ भने १५ हजार तीन सय ३१ जना क्वरेण्टीनमा रहेका छन् ।

प्रतिक्रिया