वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृ’त्यु

admin

वीरगन्ज, साउन १४ : वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृ’त्यु भएको छ । नेसनल मेडिकल कलेज र गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत् एक- एकजना संक्रमित पुरुषको बुधबार मृ’त्यु भएको हो ।

नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृ’त्यु भएको गण्डक कोभिड अस्थायी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

नेसनल मेडिकल कलेजमा मृत्यु भएका पुरूषमा पखलाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृ’त्यु भएपछि कोरोना पुष्टि भएको हो ।

गण्डक अस्पतालमा मृ’त्यु भएका संक्रमित पुरुषको भने पछिल्लो छ दिनदेखि अस्पतालको ‘आइसोलेसन’मा उपचार चलिरहेको थियो । उनमा मुटुको समस्या थियो ।

प्रतिक्रिया