यी हुन्, मन्त्रिपरिषद् बैठकका २१ निर्णय

admin

काठमाडौं, साउन १५ : सरकारले बाढी–पहिरो तथा डुबानजस्ता विपद्मा मृत्यु हुनेको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिवारमा एकजना सदस्यको विपद्मा मृत्यु भएमा दुई लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले राहत वितरण गर्दा कतै दोहोरिने र कसैले नपाउने गुनासो आउने गरेका कारण त्यसको अन्त्य गर्न सरकारले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति लिएको बताउनुभयो । प्रवक्ता डा. खतिवडाले मानवीय क्षतिबाहेक घर, आवास, बाली, अन्य भौतिक नोक्सानी भएका परिवारलाई पनि उचित राहतको व्यवस्था गरिएको बताउनुभयो ।

सरकारले विद्यालय भवन र परिसरमा ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’सम्बन्धी कुनैपनि काम सञ्चालन नगर्ने निर्णय गरेको छ । क्वारेन्टिन र आइसोलेसनका रुपमा अहिले प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन–अध्यापन गर्न योग्य बनाउने निर्णय गरिएको छ ।

शैक्षिकसत्र २०७६/०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका नतिजा प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागतरुपमा विद्यार्थीको विवरण एकीन गर्नेलगायतका निर्णयहरु मन्त्रिपरिषद् बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु पढ्नोस्:

प्रतिक्रिया