जनकपुरका एक न्यायाधीशमा कोरोना पुष्टि

admin

जनकपुर, १६ साउन : उच्च अदालत जनकपुरका थप एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता, न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालत जनकपुरले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ ।

प्रदेश २ मा न्यायाधीशमा संक्रमण पुष्टि भएको यो दोस्रो केस हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया