मान्छे त मनको सुन्दर हुनुपर्छ गायिका स्वस्तिका ढकाल

पिएनपि खबर

काठमाडौं, १६ साउन : स्वस्तिका ढकाल नेपाल आईडलको फेमबाट चर्चामा आएकि गायिका हुन् ।

धेरै लाग्न सक्छ उनी नेपाल आईडलबाट मात्र संगितमा परिचय भएको हो तर उनको परिचय भएको लामो समय भईसक्यो । उनलाई संगीतको ज्ञान पक्कै थिएन होला तर संगीतसंगको आत्मियता निकै घनिष्ठ थियोे ।

स्वस्तिका ढकाल नेपाल आईडलको फेममा आउनुपुर्व नै करिब २ वर्ष संगीत सिकेकि छिन् ।
स्वस्तिका भन्छिन् :  म संगीतको विद्यार्थी हुँ सायद संगीत होस् अरू केहि सिकाई कहिले पुर्ण हुदैन । म पनि पुर्ण छैन सधैं सिकिरहने छु । नेपाल आइडलको फेममा मलाई धेरै स्रोताले सुन्नुभएको छ माया,हौसला र साथ दिनुभएको छ । मेरो भगवान् जस्ता स्रोताले यस्तो गुण लगाउनु भएको छ । उहाँहरुको मेरो ऋणी छु म कहिल्यै पनि ऋण तिर्न सक्तिन होला तर मैले सकेसम्म उहाँहरू निराश भने बनाउने छैन ।

स्वस्तिका ढकालको सायद यस्तै सरलपनको कारणले होला उनी सफलताको सिढि उक्लिदै छिन् ।
उनी भन्छिन् : मलाई ह्वात्तै आएर ह्वात्तै हराउन मन छैन । मैले संगीतमा जीवन बिताउदा हरेक अप्ठ्यारा परिस्थिति दुख आउलान तर त्यो जीवन संघर्षको रूपमा लिने छु ।

मलाई जति सुन्नु उहाँहरूको प्रिय हुनसकु बस मेरो जीवनको महत्वाकांक्षा यत्ति छ । एउटा यस्तो जीवन जिउन मन छ संगीतमा यतिधेरै तपस्या गर्न मन छ ताकि भोलि आउने भावी पुस्तालाई उत्प्रेरणा मिलोस् ।


नयाँ पुस्ताले पुराना सष्ट्रालाई सम्मान गर्दैनन भन्ने आरोप छनि ?
मैले त्यस्तो धेरै बुझ्न पाएको छैन सम्मान गर्छन गर्दैन भन्ने प्रश्न नै नउब्जिनु पर्ने हो । पुराना सष्ट्रालाई हामीले अवश्य सम्मान गर्नुपर्छ । हामीले उनै पुराना सष्ट्रा गीत सुनेर त्यसैलाई गाएर नया पुस्ताले सिकिरहेका छौ गाईरहेका छौ । त्यसकारण पनि पुरानालाई सम्मान नगर्ने भन्ने सवाल नै नआउनुपर्ने जस्तो लाग्दछ ।

तपाईंको नया गीत कस्ले भन्यो तिमालाई सार्वजनिक भएको छ कसरी तयार भयो गीत?


EXPERT EDUCATION AND VISA SERVISE हेटौडामा करिब २ वर्ष देखि कार्यरत छु । उहाँहरूले मलाई संगीतमा कर्म गर्दा निकै सहयोग गर्नुभएको छ । म नेपाल आईडलको फेमबाट बाहिरिए पछि गीत गर्ने भन्ने कुराकानी भएको थियो । यस अगाडि पनि मेरो एउटा गीत त सार्वजनिक भएको छ यो गीत चाहिँ  EXPERT EDUCATION AND VISA SERVISE ले मलाई गिफ्ट स्वरूप तयार पारिदिनुभएको हो । तर गीत गर्ने कुराकानी भएपश्चात कसरी गर्ने भन्ने त पक्कै हुन्छ । अमृता नेपाल कुराकानी भयो उहाँ आफै पनि अत्यन्त राम्रो साहित्यकार सञ्चारकर्मी हुनुहुन्छ उहाले अर्जुन पोख्रेलसंग कुराकानी भएपश्चात गीत तयार भयो ।

भिडियोमा तपाईं आफै देखिनुभएको छ लोभ होकि ? संयोग ?
अलिअलि लोभ पक्कै होला मलाई नेपाल आईडल आइडलको फेममा पनि मलाई देखिरहनु भएको थियो । तर बन्दाबन्दिको अवस्थामा भिडियो तयार गरेका हौ । त्यसकारण पनि म आफै भिडियोमा उपस्थित भएको हुँ ।
सुन्दरी हुनुहुन्छ कस्तो प्रतिक्रिया पाउनुभयो अभिनयबाट चाहिँ ?
धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ तर मलाई लाग्दैन कि बाहिरी सुन्दरता मख्ख हुनुपर्छ त्यो त दर्शकको नजर हो । मान्छे मनको सुन्दर हुनुपर्छ हैन र…
उनै स्वस्तिका ढकालको नयाँ गीत कस्ले भन्यो तिमीलाई सार्वजनिक भएको छ । गीतमा स्वतिका ढकालको स्वर र अभिनय रहेको छ । अमृता नेपालको शब्द छ भने अर्जुन पाख्रेलको संगीत रहेको छ ।

 

प्रतिक्रिया