उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको मृत्यु

admin

ललितपुर, १६ साउन : पाटन अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको शुक्रबार बिहान ज्यान गएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले पुष्टि गरेका छन् ।

अस्पतालका निर्देशक शर्माका अनुसार अस्पतामा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका निर्देशक शर्माका अनुसार कोरोना संक्रमणसँगै ती महिलालाई उच्च रक्तचापको समस्या पनि थियो ।

गएको ६ गते अस्पताल भर्ना भएकी उनको स्टार अस्पतालमा कोरोना परीक्षण भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । वीरगञ्जबाट काठमाडौं आएसँगै उनमा रुघाखोकीलगायतको समस्या देखिएको थियो ।

प्रतिक्रिया