नेपालमा आजवाट सातादिनसम्म विश्व स्तनपान सप्ताह मनाईंदै

admin

काठमाडौं : ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने नारासहित आजदेखि २३ गतेसम्म नेपालले विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाउने भएको छ । परिवार कल्याण महाशाखाले हिजो पत्रकार सम्मेलन गरी नेपालमा ६६ प्रतिशत महिलाले मात्र पूर्ण स्तनपान गराउने गरेको भन्दै यो संख्या वर्षेनी घट्दै गएको पनि जानकारी दिएको छ ।

कार्यक्रममा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको र २ वर्षसम्म स्तनपान गराउनेको संख्या ८९ प्रतिशत रहेको जानकारी दिनुभयो ।

यस्तै स्तनपान गराउने मध्ये ८० प्रतिशत महिलाले १ वर्षसम्म स्तनपान गराउने गरेको पाइएको कार्यक्रममा जानकारी दिइयो । एक प्रतिशत महिलाले भने कहिल्यै स्तनपान नगराउने गरेको पाइएको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले सन् २०१७ मा गरेको अध्ययनमा ६ महिनादेखि २ वर्ष सम्मका ८७ प्रतिशत बालबालिकाले जंक फुडको प्रयोग गर्ने गरेको देखाएको थियो । अध्ययनले बढीजसो शल्यक्रिया गरेर जन्मिएका बालबालिकालाई फर्मुला दूध खुवाउने गरेको देखाएको छ ।

प्रतिक्रिया