रहेनन् भारतीय नेता अमर सिंह

admin

नयाँ दिल्ली, साउन १८ : भारतको समाजवादी पार्टीका पूर्व नेता एवं राज्य सभा सदस्य अमर सिंहको शनिबार नि’धन भएको छ। ६४ वर्षको उमेरमा सिंगापुरको एक अस्पतालमा उनको नि’धन भएको हो।

कयौं महिनादेखि उनी त्यहाँ उपचारका लागि थिए। उनका दुई जुम्ल्याहा छोरी र श्रीमती छन्। उनलाई किड्नीसम्बन्धी समस्या थियो। सन् २०१३ मा दुबईमा उनको किड्नी फेल भएको थियो। यसै वर्षको सुरूवातमा उनको नि’धन भएको खबर फैलिएको थियो जसलाई उनले ‘टाइगर जिन्दा है’ भनेर ट्विट गर्दै सो हल्ला निराधार सावित गरिदिएका थिए।

भारतीय संचारमाध्यमहरूका अनुसार उनको हालै दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो प्रत्यारोपण सफल भएको भएपनि उनको पेटमा रहेको एउटा घा’उमा भएको सं’क्रमण ठीक हुन नसकेपछि उनको स्वास्थ्य प्रतिकुल भएको भारतीय संचारमाध्यमले बताएका छन्।

चिकित्सकहरूले त्यसलाई समाधान गर्ने प्रयास सफल हुन नसकेको उनीहरूले समाचारमा उल्लेख गरेका छन्। मृ’तक सिंहको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने अन्तिम सं’स्का’रका लागि दिल्ली ल्याइने भरतीय संचारमाध्यहहरूले बताएका छन्। उनको नि’धनमा थुप्रै भारतीय नेता, कलाकार तथा व्यवसायीले शो’क व्यक्त गरेका छन्।

प्रतिक्रिया