अयोध्यामा राममन्दिर निर्माण हुँदै, हिन्दू धर्मालम्बीलाई उत्सव मनाउन आग्रह

admin

काठमाडौं, २० साउन : भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण सुरु गर्न लागिएको हो ।

नौं महिनाअघि भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न दिइने फैसला सुनाएको थियो । त्यसअघि बाबरी मस्जिद र राम मन्दिर निर्माणका लागि आ-आफ्नो माग दाबी गर्दै ७० वर्षसम्म अदालती लडाइँ चलेको थियो ।

अदालतले विवादित भूमिमा राम मन्दिर निर्माण गर्न दिइने र मुस्लिमहरुका लागि अयोध्यामै अलग ५ एकड जमिन उपलब्ध गराउने फैसला गरेको थियो । यस फैसलापछि भगवान् रामको जन्मभूमिमा राम मन्दिर निर्माण गर्न लागिएको हो ।

राम मन्दिर निर्माणको शुभारम्भ हुने दिनलाई विश्व हिन्दू परिषद् नेपालले पनि उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । परिषद्ले कोरोना महामारीको प्रकोपलाई ध्यानमा राख्दै स्थानीय स्तरमा उत्सव मनाउन सनातनी हिन्दू धर्मालम्बीलाई आग्रह गरेको हो ।

प्रतिक्रिया