काठमाडौं, २१ साउन : कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ ।
उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको हो ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।
मंगलबारसम्म सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा कायम छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तह भित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताएका छन् ।