बुटवल, साउन २४ : भैरहवा परासी सडकखण्डमा सवारी दु’र्घटना हुँदा तीन जनाको मृ’त्यु भएको छ। परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको मृ’त्यु भएको हो।
रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नं.को कार दु’र्घटनामा परेको प्र’हरीले जनाएको छ। प्रदेश ५ ट्राफिक प्र’हरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ।
उक्त कारमा सवार ४ जना घा’इतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृ’त्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्र’हरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
मृ’त्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ। दु’र्घटनामा परि रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको मृत्यु भएको हो। चौधरी कारका चालक हुन्। घा’इते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव रहेको प्र’हरीले जनाएको छ।