काभ्रेमा आज १८ जना नयाँ कारोना संक्रमित थपिए

admin

काभ्रे : काभ्रेका कोरोना संक्रमित मध्येहोम आईसोलेसनमा बस्नेको संख्या धेरै रहेको छ । आजथप १८ जना नयाँ संक्रमित थपिएका छन् । धुुलिखेल नगरपालिका बाट ७ पुरुष र ३ महिला, पनौती नगरपालिकाका २ पुरुष र १ महिला रहेका छन् ।

यस्तै मण्डनदेउपुर नगरपालिकाबाट १ पुरुष र १ महिला र बनेपा नगरपालिकाका ३ महिलामा भाईरसको संक्रमण देखीएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ९५८ पुगेको छ ।जिल्लामा संक्रमितको संख्या दिनदिनै बढ्दै गईरहेको छ ।

अस्पतालका आईसुलेसन बेड भरिए पछि संक्रमितहरु होम आईसोलेसनमा बस्न थालेका छन् । हाल जिल्लाको अस्पताल आईसोलेसमा ११० जना र होम आईसोलेसनमा २५५ जना छन् ।होम आईसोलेसनमा बस्नेको संख्या दोब्बर भन्दा धेरै रहेको छ ।

जिल्लाका संक्रमित मध्ये हाल सम्म ५८५ जना उपचार पछि निको भएका छन् । निको हुनेहरुमा १९७ जना महिला र ३८८ जना पुरुष रहेको डाक्टर झाले बताउनुभयो । आज २ जना डिस्चार्ज भएका छन् भने अझै जिल्लामा ३६५ जना सक्रिय संक्रमितरहेका छन्

प्रतिक्रिया