आन्दोलन चर्काउने चिकित्सक संघको निर्णय, भोलि देशभरका अस्पतालमा सेवा बन्द गर्ने

admin

काठमाडौं, असोज २४ : नेपाल चिकित्सक संघले सरकारले डाक्टर गोविन्द केसीसँगको वार्तालाई गम्भीर रुपमा नलिइ खेलाँची गरेको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको छ ।

यसअघि घोषणा गरिएका आन्दोलन सरकारले वार्ता टोली गठन गरेपछि स्थगित गरिएकोमा अहिले सरकार वार्ताबाट पछि हटेकोले फेरि आन्दोलन गर्नुपरेको संघले जनाएको छ ।

संघले २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोरोनाका सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने जनाएको छ ।

२५ गते आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा अझ कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुन संघले चेतावनी दिएको छ ।

संघद्वारा घोषणा गरिएका बिरोधका कार्यक्रमबाट उत्पन्न हुन सक्ने जुनसुकै परिस्थिति प्रति नेपाल सरकार नै जिम्मेवार हुने चिकित्सक संघले जनाएको छ ।

प्रतिक्रिया