आयो ‘फेसबुक अवतार’: बनाउन सकिन्छ कार्टुनिस्ट क्यारेक्टर

admin

काठमाडौं : सामाजिक संजाल नयाँ फिचर ‘फेसबुक अवतार’ जारी गरेको छ । अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड, युरोप र क्यानाडा र भारतपछि अब नेपालमा पनि यसको प्रयोग हुन थालेको छ ।फीचरको मद्दतले युजर्सले अपनाउने कार्टुनिस्ट क्यारेक्टर सिर्जना गर्न सकिन्छ ।

च्याटमा देखिने यो फिचर स्न्यापच्याटमा बिटमोजी र एप्पलको मिमोजी जस्तै नै छ।फेसबुकको नयाँ फिचरको मद्दतबाट यूजर्सले आफ्नो कार्टुनिष्ट क्यारेक्टर बनाउन र अन्य साथीहरुसँग साझेदारी गर्न सकिन्छ।यो क्यारेक्टरको प्रयोग युजरहरुद्वारा दोस्रो युजर्सको पोस्टमा कमेन्ट गर्दा प्रयोग गर्न सकिन्छ।

फेसबुक अवतारको प्रयोग प्रोफाइल पिक्चर र म्यासेन्जर च्याट विन्डोमा हुनसक्छ।यसका अतिरिक्त यो अवतार थर्ड पार्टी एप्सहरू स्न्यापच्याट, ट्विटर र इन्स्टाग्राममा पनि एक्सपोर्ट हुन सक्छ।

यदि आफैं आफ्नो अवतार क्रिएट गर्न चाहेका भने केहि स्टेप फलो गर्नुपर्नेछ। त्यसपछि अवतारलाई क्रिएट गरेर साथीहरुसँग शेयर गर्न सकिन्छ।

प्रतिक्रिया