उपत्यकामा मात्रै १४१६ संक्रमित, थप २२ जनाको ज्यान गयो

admin

काठमाडौं, २५ असोज : आइतबार दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार चार सय २७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७५ हजार आठ सय चार पुगेको छ । अब नेपालमा ३१ हजार तीन सय १५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै चार ६ सय १३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया