काभ्रेको महाभारत र चौरीदेउरालीका जोखिममा रहेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार हुने

admin

काभ्रे : सरकारले काभ्रेका दुई वटा स्थानीय तहका जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गर्ने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायले स्वीकृत गरेको कार्यविधि अनुसार जिल्लाको अतिविकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र चौरीदेउराली गाउँपालिकाका गर्भवती र सुत्करी महिलाको उद्धार हुनेछ ।

उद्धार गरिएका गर्भवती र सुत्केरी महिलाको अस्पतालमा गरिने उपचार खर्च समेत निःशुल्क हुने कार्यविधिमा उल्लेख गरिएको छ । यसरी हवाई मार्फत उद्धार गरिने महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट २० हजार रुपैयाँ समेत पाउनेछन् ।

पोषण खर्च सरकारी निवृत्तिभरण प्राप्त गर्ने ब्यक्ति र सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले भने पाउने छैनन् । यातायात सहज पहुँच र स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेका गर्भवती र सुत्केरी महिलाको यसअघि पनि काभ्रेका यी दुई स्थानीय तहबाट उद्धार गरिएको छ ।

प्रतिक्रिया