कैलाली प्र’हरीको अर्को कर्तुत, हिरासतभित्रै म’रणासन्‍न हुनेगरी कु’ट्पि’ट

admin

धनगढी : एक महिनामै जिल्ला प्र’हरी कार्यालय कैलालीको हिरासतभित्र दुई जनाको मृ’त्यु भएको घ’टनाले वि’वादित बनेको कैलाली प्र’हरीले अझै आफ्नो आचरण सुधार्न सकेको छैन। गत साउन २८ गते कैलाली प्र’हरीको हिरासतमै रहेका धनगढी उपमहानगरपालिका–१४ फूलबारी (सी) गाउँका अमरबहादुर चन्दको मृ’त्यु भएको थियो।

इलाका प्र’हरी कार्यालय फूलबारीको हिरासतमा रहेका चन्द प्र’हरी कार्यालयको शौचालयमा घा’इते अवस्थामा भेटिएका थिए। उनको उपचारका लागि सेती अस्पताल पुगाएपछि मृ’त्यु भएको थियो। यस्तै भदौ २२ गते मोबाइल चोरीको आरोपमा प’क्राउ परेका धनगढी–५ का १९ वर्षीय रोशन विकको भदौ २६ गते (बिहीबार) जिल्ला प्र’हरी कार्यालय कैलालीको हिरासतमा मृ’त्यु भएको थियो।

उनी हिरासतको थुनुवा कक्षको शौचालयमा झु’न्डिएको अवस्थामा फेला परेका थिए। उक्त घ’टना अनुसन्धान क्रममा छ र पी’डित परिवारले न्यायका लागि आन्दोलन गरिरहेका छन्। प्र’हरीको सुरक्षा निगरानी रहेका व्यक्तिको मृ’त्यु हुनुले विवादित बनेको कैलाली प्र’हरी पुनः विवादमा तानिएको छ। दुवै घ’ट’ना सेलाउन नपाउँदै कैलाली प्र’हरीको अर्को कर्तुत बाहिरिएको छ।

प्र’हरी हिरासतभित्रै मरणासन्न र अंगभंग हुनेगरी कु’टपि’ट गरेको भन्दै दुई प्र’हरीविरु’द्ध जिल्ला प्रशासन कार्यालय कैलालीमा उ’जुरी परेको छ। धनगढी उपमहानगरपालिका–१९ का सुरेन्द्र बोहोरालाई म’रणा’सन्न हुने गरी कु’टपि’ट गरेको भन्दै पी’डित परिवारले प्र’हरीवि’रुद्ध प्रशासनमा उजुरी दिएका हुन्।

सीमा प्र’हरी चौकी बहुलियाका प्र’हरी प्रमुख गोपाल कार्की र प्रहरी हवल्दार डम्मर अधिकारीले स्थानीय रुद्रप्रसाद रानाभाट र सीता ओझाको संलग्नतामा बोहरालाई म’रणासन्न हुने गरी कु’टपि’ट गरिएको पी’डित परिवारको आरोप छ।

प्रतिक्रिया