राप्रपा अध्यक्ष कमल थापालाई पनि कोरोना संक्रमण

admin

काठमाडौं, असोज २९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा कमल थापालाई पनि कोरोना संक्रमण भएको छ। आज साँझ ७ बजेर २० मिनेट जाँदा एक ट्विट गर्दै अध्यक्ष थापाले यसबारे जानकारी गराएका हुन्।

उनले ट्विटरमा लेखेका छन् – कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइका कारण कोभिड(१९ पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ।

अवस्था सामान्य छ। केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।

प्रतिक्रिया