काभ्रेका मठमन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध

admin

काभ्रे, ३० असोजः दसैँमा काभ्रेका सबै मठमन्दिर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रे आज एक सूचना जारी गर्दै जिल्लाभित्रका सबै शक्तिपिठ र मन्दिरहरुमा हुने भिडले कोरोना भाइरसको संक्रमण फैलिने भन्दै मठमन्दिरमा सर्वसाधरणको प्रवेशलाई निषेध गरेको हो ।

दुर्गा भवनीको पण्डालमा सर्वसाधरणको भिड अत्याधिक हुन गई कोरोरा संक्रमणको जोखिम अझै बढ्ने सम्झना भइरहेका यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले बताउनुभयो ।

प्रशासनले जिल्लाभित्रका सबै शक्तिपीठ र मन्दिरहरुमा नित्य पुजा मात्रै गर्न भनेको छ । घटस्थापनादेखि नवरात्रभर जिल्लाका शक्तिपीठमा सर्वसाधारणले प्रवेश गर्न पाउने छैनन् ।

प्रशासनले यो पटक मठमन्दिरमा दर्शनका लागि नगइदिन र शक्तिपीठहरुमा सर्वसाधारणलाई प्रवेश गर्न नदिने स्पष्टसँग मन्दिर ब्यवस्थापन समितिलाई भनेको छ ।

सूचनाको अटेर गर्ने जो कोहिलाई पनि संक्रामक रोग ऐन, २०२० बमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पोख्ररेलले बताउनुभयो ।

प्रतिक्रिया