कोरोना संक्रमणबाट काभ्रेमा एक महिलाको मृ’त्यु

admin

काभ्रे, ४ काभ्रे, काभ्रेमा कोरोना भाइरसको संक्रमणबा थप एक महिलाको मृ’त्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल अस्पतालामा उपचाररत पाँचखाल नगरपालिकाकी महिलाको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो । काभ्रेमा मृ’त्यु हुनेको संख्यो योसँगै १४ पुगेको छ । ८ जना पुरुष र ६ जना महिलाको मृ’त्यु भएको हो ।

काभ्रेमा आज एकैदिन ३१ जना नयाँ संक्रमित थपिएका छन् । थपिनमो बनेपा नगरपालिकाका ६ पुरुष र ४ महिला, पनौती नगरपालिकाका ५ जना पुरुष, ५ जना महिला, धुलिखेल नगरपालिकाका ५ जना पुरुष र १ महिला छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकाका २ पुरुष, तेमाल गाउँपालिकाका १ जना पुरुष र १ जना महिला र पाँचखाल नगरपालिकाका १ महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेमा यो सँगै कोरोना संक्रमितको संख्या १३ सय १५ पुगेको छ । त्यस मध्ये संक्रय संक्रमितको संख्या ५२८ रहेको छ । होम आइसोलेसनमा ४२४ जना रहेका छन् भने अस्पतालको आइसोलेसनमा १०४ जना रहेका छन् । आज मात्रै ७१ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया