असई र जवानको ह’त्या आरोपी ७ जना सार्वजनिक

admin

कैलाली, कात्तिक ४ : धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्र’हरी जवानको ह’त्या आरोपमा प’क्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ ।

जिल्ला प्र’हरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्र’हरी पोष्ट जुगेडाका इन्चार्ज प्र’हरी सहायक निरीक्षक गोविन्द विक र प्र’हरी जवान रामबहादुर साउदको ह’त्यामा संलग्न भएको आरोपमा प’क्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

प’क्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का पंकु भनिने रोहित राना, राजेन्द्र राना, चोर भनिने सुरेश राना, गब्बर भनिने राजकुमार राना, त्यसैगरी रामनिवास राना, टल्लु भनिने दलराम राना र गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

नेपालबाट भारतमा केराउ तस्कर गर्न रोक्न खोज्दा उनीहरुले ह’त्या गरेको स्विकार गरेको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्र’हरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिनुभएको छ ।

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्र’हरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका विक र प्र’हरी जवान बे’पत्ता भएका थिए ।

उनीहरूलाई राति १० बजे सम्पर्क गर्दा फोन नलागेको र बिहानसम्म पनि नफर्किएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा प्र’हरी सहायक निरीक्षक विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो ।

घाँटीमा धा’रिलो ह’तियार प्र’हार गरी वि’भत्स ह’त्या गरेको अवस्थामा विक भेटिएकै मोहना नदी क्षेत्रमा मङ्गलबार प्र’हरी जवान साउदको श’व पनि फेला परेको थियो । प्र’हरीका अनुसार बिकको श’व भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको श’व भेटिएको थियो ।

प्रतिक्रिया