काठमाडौं, २१ कात्तिक : सामाजिक रुपान्तरणका लागि किशोर किशोरीहरु समेत सामाजिक कार्यमा क्रियाशिल हुनु पर्दछ भन्ने उदेश्यका साथ स्थापना गरिएको क्रियटिभ मञ्च म्याग्दीलाई बेवारिसे लाश ब्यबस्थापन तथा पुनर्जिवन केन्द्रले आर्थिक सहयोग गरेको छ ।
भ्रमणको शिलशिलामा म्याग्दी पुगेका बेवारिसे लास ब्यबस्थापन तथा पुनर्जिवन केन्द्रका अध्यक्ष बिनय जंग बस्नेत, सामाजिक अभियन्ता हेमराज थापा र सपना रोक्का मगरले क्रियटिभ मञ्च म्यादीका किशोर किशोरीहरुलाई भेटेर रु पाँच हजार आर्थिक रुपैयाँ सहयोग गरेका हुन् ।
कोरोना कहरले शिल भएको बेनी शहरमा माक्स बाढ्ने काममा क्रियटिभ मञ्चका युवाहरु सक्रिय रहेको देखे पश्चात पुनर्जिवन केन्द्रका अध्यक्ष बस्नेत र सामाजिक अभियन्ता थापाको समुहले उनीहरुसंग साक्षत्कार गरेको थियो ।
क्रियटिभ मञ्च म्याग्दीले एक घर एक बाथरुम अभियान र निशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रमा पनि संचालन गरेको छ । विशेष गरि ग्रामिण क्षेत्रमा खुल्ला धारा, कुवा, खोलाहरुमा महिलाहरु नुहाउने क्रममा नराम्रो दृष्टिकोणले हेरिने र बलात्कारको घटनाहरु समेत बढ्ने भएकाले प्रत्येक घरमा साधारण भएपनी बाथरुम हुनैपर्छ भन्ने उदेश्यका साथ उनीहरुले एक घर एक बाथरुम अभियान सुरु गरेका छन् ।
त्यस्तै गरि “कन्डम रहर हो तर स्यानिटरी प्याड बाध्यता हो” भन्ने नाराका साथ उनीहरुले ग्रामिण क्षेत्रका किशोरीहरुलाई स्यानिटरी प्याड वितरण कार्य पनि अगाडी बढाएका छन् । उनीहरुले सकेसम्म स्यानिटरी प्याड आफैले बनाएर वितरण गर्ने कार्य गरेका छन् । बेनीमा क्रियाशील रहेको क्रियटिभ मञ्चका युवा युवतीहरुको जोश, जागर र सामाजिक सक्रियतालाई हेमराज थापा र बिनय जंग बस्नेतले धन्यवाद दिदै निरन्तर अगाडी बढ्न हौसला समेत प्रदान गरेका छन् ।
लामो समयसम्म बेवारिसे लास ब्यवस्थापन तथा सडक मानवलाई खाना खुवाउने कार्यना कृयाशिल समाजसेवि सपना रोका मगर म्याग्दी बासी नै भएकाले स्थानीय युवाहरुलाइ साथ र हौशला दिन कृयटिभ मन्च म्याग्दीमा आवद्ध भएकी छिन ।