प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री फेङहेबीच भेटवार्ता

admin

काठमाडौं, मंसिर १४ : नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गर्नु भएको छ । रक्षामन्त्री एंव चिनियाँ स्टेट काउन्सिलरले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नु भएको हो ।

उहाँहरुबीच दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यस अघि चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नु भएको थियो ।

उहाँले सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभयो । चीनका रक्षामन्त्री वेइ फेङहेले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसित पनि भेटवार्ता गर्नु हुनेछ । बिहान १० बजे काठमाण्डौ आएका उहाँ आजै स्वदेश फर्किनु हुने छ ।

प्रतिक्रिया