राजतन्त्र पुनर्स्थापनाको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई सरकारको आग्रह

admin

काठमाडौं, १५ मंसिर : सरकारले राजतन्त्र पुनर्स्थापनाको पक्षको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको छ ।पछिल्लो समय देशका विभिन्न स्थानहरुमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेको छ ।

यसप्रति सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले संवैधानिक प्रणाली, लोकतन्त्र, कानूनी शासनविरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको बताउनुभएको छ ।

उहाँले राजतन्त्र पक्षको गतिविधिमा सहभागी नभइ नेपाल सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न सो दिशामा लाग्न आम जनसमुदायलाई अपिल गर्नुभएको छ ।

प्रतिक्रिया