ड्युटीमै रहेका असई ढले, अस्पताल लैजाँदा मृ’त घोषित

admin

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लु विमानस्थल ड्युटीमा रहेका प्र’हरी सहायक निरीक्षक चित्र बहादुर गुरुङको हृ’दयघातका कारण नि’धन भएको छ। केरुङको प्र’हरी चौकीमा दरबन्दी रहेका ५० वर्षीय गुरुङको सोमबार अपराह्न ४ बजे नि’धन भएको हो।

फाइल तस्बिर

जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुका प्र’हरी निरीक्षक अनिल माबोहाङका अनुसार दिउँसो सवा ३ बजे अचानक ढलेका गुरुङलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृ’त घोषणा गरेका थिए।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल धरान १५ बस्दै आएका गुरुङको शवलाई पोष्टमार्टमपछि मंगलबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया