पशुपतिमा आधुनिक श’वदाह गृह सञ्चालन

admin

काठमाडौं, १७ मंसिर : पशुपति क्षेत्रमा आधुनिक श’वदाह गृह सञ्चालनमा आएको छ । वातावरणमैत्री र प्रदूषणरहित श’वदाह गृह बुधबारदेखि सञ्चालनमा आएको हो ।

एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको श’वदाह गृह बुधबार एक औपचारिक कार्यक्रममार्फत पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ ।

श’वदाह हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कम गर्ने भएकाले आधुनिक श’वदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताएका छन् ।

आधुनिक श’व दाह गृहले हिन्दुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने मन्त्री भट्टराईको विश्वास छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले आधुनिक श’वदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए ।

यो श’वदाह गृहमा श’व ज’लाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक झण्डै ६० लाख रुपैयाँमा आधुनिक श’वदाह गृह निर्माण गरेको जनाएको छ ।

प्रतिक्रिया