जापानले आफ्नाे देशमा बस्ने सबैलाई काेराेनाकाे खाेप निःशुल्क लगाइदिने

admin

काठमाडौं, १७ मंसिर : जापानले आफ्नो देशमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेका बेला जापानको संसद्ले एउटा कानुन नै पारित गरेर देशमा रहेका सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित भएको छ । जापानी सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडेर्नासँग सम्झौता गरेको छ ।

त्यसैगरी बाँकी मानिसलाई पुग्ने गरी एस्ट्राजेनेकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले बताएकाे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । तुलनात्मक रूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार एक सय जनाको ज्यान गएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया