जन्ती चढेको गाडी दु’र्घटना, बेहुला बेहुलीसहित १३ जना घा’इते

राष्ट्रिय समाचार समिति

कैलाली, मंसिर १८ :  धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी बुधबार राति दु’र्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घा’इते भएका छन्।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र ०१००१ ज १२५४ नम्बरको उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दु’र्घटनामा बे’हुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घा’इते भएका छन्।

बेहुलाको टाउकोमा र बेहुलीको हातमा चो’ट लागेको जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

घा’इतेमध्ये दुई जनाको अवस्था गम्भी’र छ। कैलाली प्र’हरीको टोलीले घा’इतेको उ’द्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ।

प्रतिक्रिया