प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन

admin

काठमाडौं, १८ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् । डिसेम्बर ३ र ४ तारिख अर्थात बिहीबार र शुक्रबार हुने ३१औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अ‍ोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको जानकारी दिए । महासभामा नेपालको समय आएपछि ओलीले सम्बोधन गर्ने लम्सालले बताए ।

प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमा नेपालमा कोभिड-१९ को महामारी र यसले पारेको प्रभावबारे सम्बोधन गर्ने उल्लेख छ । महासभामा अनुभव आदानप्रदानसहित कोभिड-१९ ले विश्वमा पारेको प्रभाव, कोरोना विरुद्धको खोप लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया