भक्तपुर-रत्नपार्क चल्ने माइक्रोमा पाकेट मा’र्ने दुई प’क्राउ

admin

काठमाडौं, मंसिर १८ : माइक्रोबसमा पाकेट मा’र्ने दुई जना प’क्राउ परेका छन्। प’क्राउ पर्नेमा मोरङ घर भई काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय विकास राजवंशी र सिन्धुपाल्चोकका २७ वर्षीय सन्तोष लामा छन्।

महानगरीय प्र’हरी परिसर, भक्तपुरको टोलीले उनीहरूलाई कौशलटार बस स्टपबाट नियन्त्रणमा लिएको हो। बिहीबार बिहान साढे १० बजे मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट माइक्रोमा रत्नपार्क जाने क्रममा एक व्यक्तिको ५० हजार रुपैयाँ पाकेट मारी भएको थियो।

ती व्यक्तिले प्रह’रीको कन्ट्रोल नम्बर १०० मा खबर गरेका थिए। सो खबर पाएपछि परिसरबाट प्र’हरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डका खटिएको टोलीले उनीहरूलाई प’क्राउ गरेको हो।

प्र’हरीले पक्राउ गरी खोजतलास गर्दा उनीहरूबाट ५० हजार रकम समेत फेला पारेको प्र’हरी नायब उपरीक्षक दीपक गिरीले बताए। उनीहरूमाथि चोरीको कसूर अनुसार थप अ’नुसन्धान तथा कारबाही भइरहेको छ।

प्रतिक्रिया