यो हप्ता २२ सयले बढ्यो सुन, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १९ मंसिर : यो हप्ताको पहिलो दिन आइतबार तोलाको ९० हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य (आज) शुक्रबार हप्ताको अन्तिम ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ । शुक्रबारको यो मूल्य बिहीबारभन्दा तीन सय रुपैयाँले बढी हो ।

गएको आइतबार तोलामा ९० हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार ९० हजार रुपैयाँमा झरेको थियो । मंगलबार फेरि ५ सय रुपैयाँले बढेर भाउ ९० हजार ५ सय रुपैयाँ पुगेको थियो भने बुधबार फेरि ५ सय रुपैयाँले नै बढेर ९१ हजार रुपैयाँ पुगेको थियो ।

बिहीबार एकैदिन १६ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको थियो । यो हप्ता सुनको मूल्य २२ सय रुपैयाँले बढेको छ । यस्तै यो हप्ता चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२ सय १० रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया