आप्रवासी श्रमिकहरुलाई हटाउँदै बहराइन

admin

काठमाडौं, १९ मंसिर : बहराइनले राष्ट्रिय अर्थतन्त्र र सुरक्षालाई असर पुर्‍याउने भन्दै आवश्यकभन्दा बढी त्यस्ता श्रमिकलाई देशनिकाला गर्न गृह मन्त्रालयको एक समिति गठन गरेको छ । बहराइनले आफ्नो देशको अर्थव्यवस्थामा असर पर्ने भन्दै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुलाई हटाउने विषयमा छलफल गरिरहेको हो ।

बहराइनको जनसंख्या, १७ लाखको आधा भन्दा बढी विदेशीहरु रहेका छन् । अवैधानिक श्रमिकको विषयमा प्रधिनिधि सभामा बोल्दै बहराइनका श्रम तथा सामाजिक विकास मन्त्री जमील हुमेदंले ५३ हजार विदेशी श्रमिकको अवस्था सुधारिएको जनाएका छन् ।

उनले अन्य पाँच हजार एक सय ५५ श्रमिकले आफ्नो स्वइच्छा अनुरुप काम छोडेको बताए । यस्तै बहराइनमा कोरोना महामारीकै बीच आप्रवासी श्रमिकहरुको संख्यामा ३ दशमलव १ प्रतिशतले गिरावट आएको र यो वर्ष २ दशमलव ४ प्रतिशतका दरले राष्ट्रिय रोजगारीमा वृद्धि आएको हमेदंको भनाइलाई उद्धृत गर्दै गल्फ न्यूजले समाचार छापेको छ ।

‘हामी नयाँ शर्तहरुबारे अध्ययन गरिरहेका छौं, जसपश्चात विदेशी श्रमिकले बहराइनी श्रमिकसँग प्रतिस्पर्धा गर्न सक्नेछैनन्’, हुमेदंले भने । अन्य खाडी देश जस्तै बहराइनले पनि स्वदेशी श्रमिकहरुलाई प्रोतसाहन गर्दै आप्रवासी श्रमिकहरुलाई कम गर्ने नीति अवलम्बन गरिरहेको गल्फ न्यूजले जनाएको छ ।

प्रतिक्रिया