‘धर्म बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’ भन्दै राजावादी सडकमा, राजावादीको अहिलेसम्मकै ठुलो आन्दोलन(भिडियो )

admin

काठमाडौं, मंसिर २० : काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको माग गरेका छन् ।

ठूलो संख्या रहेका सहभागीहरुले राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरसहितको प्लेकार्ड बोकेका थिए । माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म पुगेको र्‍यालीमा सहभागीहरुले ‘धर्म बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’लगायतको नारा लगाएका थिए ।

बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले व्यवस्था परिवर्तन भएर नागरिक आयोगसहितको नागरिक सरकार नबनेसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

पछिल्ला केही दिनयता देशका विभिन्न भागमा राज्यसंस्थाको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । केही दिनअघिमात्र राजावादीहरुको आजको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनजस्ता गतिविधि नगर्न अनुरोध गरेको थियो ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया