कम्बोडियामा कोरोना विरुद्धको खोप निःशुल्क दिइने

admin

एजेन्सी, २३ मंसिर : कम्बोडियाका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिइने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै नागरिकलाई कुनै शुल्क नलिइ कोरोना विरुद्धको खोप प्रदान गरिने जानकारी गराएका हुन् । उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालासँग परामर्श गर्न पनि निर्देशन दिएका छन् ।

त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सबै नागरिकलाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न निर्देशन दिएका छन् । पहिलो चरणमा उच्च जोखिममा रहेका नागरिकलाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको उनको भनाइ छ । एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले बताए ।

दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ । दक्षिण एसियाली देश कम्बोडियामा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ । अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको पनि ज्यान गएको पुष्टि भएको छैन ।

प्रतिक्रिया