काठमाडौं, २४ मंसिर : केही दिन यता लगातार बढेको सुनको मूल्य बुधबार भने सात सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार ९३ हजार ४ सय रुपैयाँमा झरेको हो ।
त्यस्तै तेजाबी सुन सोही अन्तरमा घटेर बुधबार प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । यो सुन अघिल्लो दिन ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ ।
चाँदी बुधबार तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार ९.६७ डलरले घटेको छ । विश्व बजारमा सेयर कारोबार उकालो लाग्न थालेपछि सुनचाँदीको मूल्यमा गिरावट आउन थालेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बुधबार बिहान सुन प्रतिऔंस १८५९ ८६ डलर र चाँदी प्रतिऔंस २४ ३५ डलरमा कारोबार भएको छ । मंगलबार सुन १८५९ ५३ र चाँदी प्रतिऔंस २४ ६८ डलर थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।