लोक सेवा आयोगले माग्यो अधिकृत तहका लागि आवेदन

admin

काठमाडौं, २४ मंसिर : लोक सेवा आयोगले अधिकृत तहका लागि दरखास्त आह्वान गरेको छ । बुधबार विज्ञापन निकालेर आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा त्यो सरहको पदका लागि खुला तथा समावेशीतर्फ ३६० जनाको दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ कानुन, न्याय तथा सरकारी वकिलमा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांगता भएका र पिछडिएको क्षेत्रका लागि दुई/दुई जनाका लागि दरखास्त आह्वान गरिएको छ । यस्तै, खुलातर्फ परराष्ट्र सेवाका लागि एक, सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ अधिकृत मागेको छ ।

त्यसैगरी, महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा ३ जनाका लागि दरखास्त आह्वान गरिएको छ । त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना, मधेसी कोटामा परराष्ट्रमा एक, प्रशासन र राजस्वमा ८/८, लेखा ६ र लेखापरिक्षण २ जना अधिकृत मागिएको छ ।

आयोगले दलित कोटामा सामान्य प्रशासनमा तीन, लेखा र राजश्वमा २/२, लेखापरीक्षणमा एक जना मागेको छ । त्यस्तै अपांगता भएकाका लागि प्रशासन, राजस्व र लेखामा २/२ र लेखापरीक्षणमा एक जनाको दरखास्त मागेको छ भने पिछडिएको क्षेत्रका लागि प्रशासन र राजस्वमा २/२ जना र लेखामा एक जना मागेको छ । अधिकृत सरहको परीक्षाका लागि आउँदो पुस १४ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

यस्तै, दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि आवेदन दिन सकिने छ । आवेदन अनलाइमार्फत पनि दिन सकिने छ । यस्तै आयोगले बढुवाका लागि पनि दरखास्त आह्वान गरेको छ । बढुवाका लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता पुगेकाले बढुवाका लागि आवेदन दिन सक्ने अयोगले जनाएको छ । 

https://drive.google.com/file/d/1gJWBDIcZKLzQEdMVz7ISbiXAsvQjyMbd/view

प्रतिक्रिया