आज ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै

admin

काठमाडौं, २५ मंसिर : महामारीमा मानव अधिकार स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने राष्ट्रिय नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९४८ डिसेम्बर १० तारिखमा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गरेको छ । तर, मानवअधिकार रक्षाका प्रभावकारी काम हुन सकेको छैन । पछिल्लो समय सरकारले ब’ला’त्कार र ए’सिड आ’क्रमण गर्ने गराउने विरुद्ध ल्याएको कडा कानुनले केही आशा भने देखाएको छ ।

तर, सशस्त्र द्व’न्द अनि त्यसपछिको संक्रमणकालमा पीडित भएका धेरैले न्याय नपाउँदा नेपालमा मानव अधिकारको बलियो जग बस्न बाँकी नै छ । शक्ति र राजनीतिक आडमा दोषीलाई कारबाही नहुँदा पीडित थप पीडामा पर्ने गरेका छन् ।

प्रतिक्रिया