कानको मुन्द्रीका लागि ६ बर्षीया बालिकाको ह’त्या

admin

रसुवा, २५ मंसिर : रसुवामा ६ बर्षीया बालिकाको अ’पहरणपछि ह’त्या भएको छ । कालिका गाउँपालिका वडा नम्बर-१ फैलिगाङकी ६ बर्षीया बालिका सुमिना तामाङको अ’पहरणपछि ह’त्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले यी बालिकालाई अ’पहरणपछि ह’त्या गरेको अभियोगमा एक जना १९ बर्षीय युवतीलाई पक्राउ गरेको छ । कानमा लगाएको सुनको मुन्द्रीका लागि बालिकालाई अ’पहरणपछि ह’त्या गर्ने १९ बर्षीया नुवाकोट किस्पाङ गाउँपालिकाकी सपना तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

आइतबार बिहान विद्यालय गएकी बालिका साँझसम्म घर नफर्किएपछि बालिकाको खोजी भएको थियो । सो क्रममा उनको श’व नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार भेटिएको थियो । प्रहरीलाई दिएको बयानमा कानको मुन्द्री झिकेपछि बालिकाले आमालाई भनिदिने बताएपछि डोरीले घाँटीमा क’सेर ह’त्या गरेको उनले स्वीकार गरेकी छन् ।

प्रतिक्रिया