काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर २९ गतेको लागि तय गरेको सरकारविरुद्धको प्रदर्शनको लागि नाराहरू सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी सरकारविरुद्ध देशभर हुने प्रदर्शनको लागि नारा सार्वजनिक गरेका हुन्।
‘सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिड विरुद्धको अकर्मण्यता मुर्दावाद ! संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद !’ कांग्रेसले विज्ञप्तिमा भनेको छ। त्यस्तै कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्ने रुट पनि तयार गरेको छ।
यी हुन् प्रदर्शनका रुट
१) काठमाडौं क्षेत्र नम्बर १ का प्रदर्शनकारी भृकुटीमण्डपमा जम्मा भएर जुलुससहित शान्तिबाटिका पुग्ने।
२) काठमाडौं क्षेत्र नं २,३ र ४ का प्रदर्शनकारीले पुतलीसडक चोकबाट प्रदर्शन सुरु गर्ने।
३) क्षेत्र नम्बर ५,६ र ७ का प्रदर्शनकारीले लैनचौरबाट विरोध र्याली निकाल्ने।
४) क्षेत्र नम्बर ८ बाट सहभागी हुने प्रदर्शनकारी वसन्तपुरमा जम्मा भएर विरोध प्रदर्शन सुरु गर्ने।
५) क्षेत्र नम्बर ९ र १० का कार्यकर्ता सहिदगेटमा जम्मा भएर शान्ति वाटिकामा पुग्ने तय गरिएको छ।