justnep home

इरानी पत्रकार रुहल्लाहको मृ’त्यु’द’ण्डप्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्धारा विरोध (विज्ञप्तिसहित)

admin

काठमाडौं, २८ मंसिर : इरान सरकारले इरानी पत्रकार रुहल्लाह जामलाई मृ’त्यु’द’ण्ड दिएकोमा लेखक तथा पत्रकार केन्द्रले विरोध जनाएको छ । पत्रकार रुहल्लाह जामलाई यही सन् २०२० डिसेम्बर १२ का दिन इरान सरकारले फासी दिएको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञप्तिमा आफ्नो संगठनले संसारभरका न्याय र समानताको पक्षमा आवाज उठाउदै भन्दैं इरानी पत्रकारको मृ’त्यु’द’ण्ड मानवअधिकारको घोर उ’ल्लंघन भएको जनाइएको छ ।

यस्तो छ विज्ञप्तिको पूरा पाठ –
सरकार विरोधी विद्रोह भ’ड्काएको आरोपमा इरानी पत्रकार रुहल्लाह जामलाई इरान सरकारले यही सन् २०२० डिसेम्बर १२ का दिन फा’सी दिएको छ । त्यहाँको अदालतले मृ’त्यु’द’ण्डक‍‍‍ो फै’सला सुनाएको थियो ।

सरकार विरोधी पत्रकारक‍‍ो रुपमा चिनिएका इरानी पत्रकार रुहल्लाह जामले सन् २०१७ मा इरानी सरकारक‍ो आलोचना गर्दै सोसल मिडियामा आफ्नो अभिव्यक्ति दिएका थिए । जामले सरकार विरुद्ध गतिविधि गरेको तथा सामाजिक सञ्जालमा सरकारको विरोधी घृ’णा फैलाएको भन्दै पत्रकार जामलाई इरानी सरकारले सन् २०१९ क‍ो अक्टुवरमा पक्राउ गरेर उनीमाथि मु’द्दा चलाएको थियो ।

पत्रकार जामले फ्रान्समा रहेर पत्रकारिता गर्दै आएका थिए । उनले अमाद न्युज नामको मिडिया सञ्चालन गर्दै आएका थिए जुन मिडिया इरानमा अत्यधिक चर्चित छ, जसलाई इरान सरकारले प्रतिबन्ध लगाएको छ ।

उनको मु’द्दामा रिभोल्युसनरी कोर्टले गरेको फै’सलालाई सर्वोच्च अदालतले अनुमोदन गरेको यही २०२० डिसेम्बर ८ का दिन न्यायपालिकाका प्रवक्ता घोलमहोसेनी एस्माइलीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् थिए ।

इरानी पत्रकार जामलाई त्यहाँको सरकारले मृ’त्यु’द’ण्ड (फा’सी) दिएको विषयले विश्वभर क्रियाशीलता क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको गंभीर प्रकारले ध्यानाकर्षण गराएको छ ।

हाम्रो संगठन संसारभरका न्याय र समानताको पक्षमा आवाज उठाउदै आएका मानवअधिकारवादी संगठनहरु, न्याय र समानताको पक्षमा कलम चलाउदै आएका संसारभरका लेखक तथा पत्रकारहरुलाई इरानी पत्रकार जामको गैर न्यायिक मृ’त्यु’द’ण्डका विरोधमा र न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्न हार्दिक अपिल गर्दछ र फासिस्ट इरानी सरकारको हदैसम्मको फा’सीवादी ह’र्कतको घोर वि’रोध र भ्र’त्सहाना गर्दछ । साथै इरानी पत्रकार जामप्रति हार्दिक श्र’ध्दान्जली अर्पण गर्दछ ।

क्रान्तिकारी अभिवादन सहित ।
मिति : १३ डिसेम्बर २०२०
हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यलय, काठमाडौं, नेपाल

प्रतिक्रिया