राजपुर ब’म का’ण्डका मुख्य योजनाकार आलम पुर्पक्षको लागि कारागार चलान

admin

काठमाडौं : राजपुर ब’म का’ण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। जिल्ला प्र’हरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहका अनुसार ह’त्या आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइलाई आइतबार पूर्वपक्षका लागि कारागार चलान गरिएको हो।

जिल्ला अदालतका अनुसार मुख्य अभियुक्तको आरोप लागेका धरौटीमा रिहा गर्न नसकिने भन्दै अदालतले पूर्पक्षका लागि थुनामा पठाएको हो। पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइलाई आदलतको आदेशपछि आइतबारै पूर्वपक्षका लागि कारागार चलान गरिएको छ।

प्रदेश नम्बर २ प्रदेश प्र’हरी कार्यालय जनकपुरको प्र’हरी टोलीले मंसिर २४ गते प’क्राउ गरेको थियो।प्रदेश प्र’हरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्र’हरी उपरीक्षक कृष्ण प्रसार्इँका अनुसार प’क्राउ परेका आलम चर्चित ब’म का’न्डका मुख्य योजनाकार हुन्।

प्रदेश प्र’हरी कार्यालयको टोलीले सोमबार बिहान बौद्धिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरियाबाट उनलाई प’क्राउ गरेको थियो।
प’क्राउ परेका महताब आलमकै नेतृत्वमा राजपुरमा ब’म बनाउने काम भइरहेको थियो।

संविधान सभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन प’क्राउ परेका आलमले नेपाल तथा भारतको विभिन्न ठाउँबाट बम बनाउन सक्ने मानिसको खोजी गरी ल्याएका थिए र आफ्नै नेतृत्वमा सामानहरु जुटाइ ब’म बनाउने काम पनि गरेका थिए। २०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बि’स्फोट भएको थियो।

प’क्राउ परेपछि प्र’हरीको प्रारम्भिक अनुसन्धानको क्रममा महम्मद महताब आलमले आफ्नो दाइ मोहम्मद आफताब आलमको निर्देशनमा घ’टना लु’काउने उदेश्यले वि’स्फोटमा परी मृ’त्यु भएका तथा घा’इते भएका मानिसहरुलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको प्र’हरीले जनाएको छ।

सांसद महम्मद आफताब आलमको सम्पूर्ण अ’पराधको ढाकछोप सोमबार प’क्राउ परेका आलमले नै गर्दै आएको र सांसद आलमले अ’पराधको संरक्षण दिने गरेको आरोप जनता सामाजवादी पार्टीका नेता किरण साहले लगाएका छन्।

प्रतिक्रिया