हेटौंडा : मकवानपुर मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले राजीनामा दिएकी छन्। गाउँपालिका अध्यक्ष र कर्मचारीबाट अपमानित व्यवहार सहनुपरको भन्दै उनले राजीनामा दिएकी गाउँपालिका श्रोतले जनाएको छ।
उपाध्यक्ष विष्टले सोमबार गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई राजिनामा बुझाएकी हुन्। बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदै आएको थियो। यसै कारणले उनले राजीनामा दिएकी हुन सक्ने गाउँपालिकाका एक जनप्रतिनिधिले बताए।
यो विषयमा गाउँपालिका अध्यक्षसँग बुझ्न खोज्दा एक्कासि राजीनामाको कुरा आएको तर औपचारिक रुपमा आफूलाई जानकारी नगराएको उनले बताए।
राजीनामाको हल्ला आएकोले पार्टीमा छलफल गरेर मात्रै यो विषयमा थप बोल्न मिल्ने उनको भनाइ छ। राजीनामा दिएपछि विष्ट पनि सम्पर्कमा आएकी छैनन्। विष्टको मोबाइल अफ छ।