सुर्खेत, १ पुस : दैलेखमा ट्याक्टर दुर्घटना हुँदा बुधबार एकजनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा दैलेख ठाँटीकाँध गाउँपालिका–१ का २७ वर्षीय दिनेश शाही रहेका छन् ।
दुल्लु–सुर्खेत सडक खण्डमा सुर्खेतदेखि दैलेख डाँडीमाडी चामल लिएर जाँदै गरेको भे १ त ७४८१ नम्बरको ट्रयाक्टर दुल्लु नगरपालिका–४, कालाखोलामा दुर्घटना भएको इलाका ‘प्रहरी कार्यालय दुल्लुका प्र’हरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए ।
प्र’हरीका अनुसार ट्याक्टर रोडभन्दा करिब २५ मिटर तल खोल्सामा खस्दा शाहीको घ’टना स्थलमै मृ’त्यु भएको थियो । पोष्टमार्टमका लागि शवलाई दुल्लु अस्पतालको श’व गृहमा राखिएको छ ।